खेलकुद परिषद्का उपाध्यक्षसहित १९ जना पदमुक्त


काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षसहित १९ जना पदाधिकारी पदमुक्त भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयकी सहसचिव तथा प्रवक्ता मनिता श्रेष्ठका अनुसार परिषद्का उपाध्यक्ष ध्रुव आचार्यसहित १९ जना बोर्ड सदस्यहरू पदमुक्त भएका हुन्।

मन्त्रालयका अनुसार पदमुक्त हुनेमध्येका उपाध्यक्ष आचार्यले भने यसअघि नै राजीनामा दिइसकेका थिए।

अध्यादेश जारी भएपछि विभिन्न सार्वजनिक निकायमा नियुक्त भएका पदाधिकारीहरूको पद स्वतः समाप्त हुने व्यवस्था लागू भएको हो।

688025824_1287082526894631_8004646292171331693_n-(1)-1777980380.jpg

प्रतिक्रिया