
संवैधानिक परिषद् अध्यादेश पुनर्विचारका लागि राष्ट्रपति कार्यालयबाट फिर्ता
काठमाडौं- राष्ट्रपति कार्यालयले सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउने निर्णय गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरका अनुसार अध्यादेशको अध्ययनपछि राष्ट्रपतिले उक्त प्रस्ताव सरकारलाई पुनर्विचारका लागि फिर्ता पठाउने निर्णय गरेका हुन्।
यसअघि पनि सुशीला कार्की नेतृत्वको सरकारले सिफारिस गरेको समान प्रकृतिको अध्यादेश राष्ट्रपति कार्यालयले फिर्ता पठाएको थियो।
गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित केही अन्य अध्यादेश राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो। तर तीमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा पुनर्विचार गर्नुपर्ने भन्दै राष्ट्रपति कार्यालयले अहिले फिर्ता पठाएको हो।



कागजपत्र |
