‘लिडरसीप एकेडेमी’ पास नगरी रास्वपाबाट उम्मेदवार बन्न नपाइने


काठमाडाैं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न चाहने पार्टी सदस्यका लागि नयाँ मापदण्ड लागू गर्ने तयारी गरेको छ। अब रास्वपाबाट उम्मेदवार हुन ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसीप एकेडेमी’ अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने व्यवस्था ल्याइएको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले सक्षम, योग्य र प्रतिस्पर्धी उम्मेदवार तयार पार्ने उद्देश्यसहित यस्तो सैद्धान्तिक तथा नीतिगत आधार तय गरेको हो।

यसअघि रास्वपाले उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसीप एकेडेमी’सहितको छनोट प्रणालीको रूपरेखा तयार पारेको हो।

कार्यदलले तयार पारेको मस्यौदा आइतबार पार्टी सभापतिलाई हस्तान्तरण गरिसकेको जनाएको छ।

प्रतिक्रिया