पहिरो पन्छाइएपछि सञ्चालनमा आयो कान्ति लोकपथ


मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–८ भरेङडाँडामा गएराति खसेको पहिरो हटाइएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज अपराह्नदेखि सडक दुबैतर्फ खुला गरी यातायात सेवा सुचारु गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीका अनुसार त्रिभुवन राजपथ, पूर्व–पश्चिम महेन्द्र राजमार्ग तथा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने सडकखण्डमा हाल सबै प्रकारका सवारी साधन नियमित रूपमा सञ्चालनमा रहेका छन्।

त्यस्तै, हेटौँडाबाट वीरगञ्ज, चितवनको नारायणगढ तथा भीमफेदीबाट हेटौँडातर्फ जाने सवारी आवागमन पनि सामान्य अवस्थामा फर्किएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया