‘भाइरल’ ७ तले घरको बाहिरी भागमा क्षति पुर्‍याएर फर्कियो डोजर


काठमाडौं- काठमाडौं धोबीखोलास्थित भाइरल ७ तले घरमा सरकारी टोलीले डोजर चलाएपछि क्षति पुगेको छ। इन्द्र चाम्लिङको उक्त घरको पाँच तलासम्म पुगेर डोजरले सिसा फुटाउने र भित्ता कोतर्ने काम गरेपछि अन्ततः डोजर फर्किएको हो।

सरकारी पक्षका अनुसार घरले सरकारी जग्गा अतिक्रमण गरेको तथा मापदण्ड उल्लंघन गरेको भन्दै कारबाही स्वरूप घरको अगाडिको भागमा क्षति पुर्‍याइएको हो।

तर घरधनी इन्द्र चाम्लिङले भने कुनै पूर्वसमन्वय र जानकारी बिना नै घर भत्काउने प्रयास गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रक्रिया पूरा नगरी गरिएको यस्तो कारबाहीप्रति आपत्ति जनाएका छन्।

हाल घरको अगाडिको भाग मात्र क्षतिग्रस्त अवस्थामा रहेको छ भने अबको कदम के हुने भन्नेबारे सरकारी अधिकारीहरूले स्पष्ट जानकारी दिएका छैनन्।

प्रतिक्रिया