
अनामनगरस्थित इन्द्र चाम्लिङको सात तले घरमा चल्यो डोजर, एसएसपी रमेश थापा आफैं मैदानमा
काठमाडौं — धोबीखोला कोरिडोरमा रहेको साततले घर भत्काउन सुरु गरिएको छ ।
सरकारी जग्गाको केही क्षेत्र अतिक्रमण भएको भन्दै घर आजै घर भत्काउन लागिएको हो । यहाँ अहिले प्रहरी र नगरप्रहरी व्यापक संख्यामा परिचालित छन् ।
उक्त स्थानमा काठमाडौं परिसर प्रमुख एसएसपी रमेश थापा आँफैं खटिएका छन् ।
यो भवमा थुप्रै रेस्टुरेन्ट, स्पा, कन्सल्टेन्सी लगायत थुप्रै व्यवसायहरु सञ्चालनमा रहेका छन् ।
घर धनी इन्द्र चाम्लिङले जग्गाको लालपूर्जा रहेको बताउँदा–बताउँदै घर भत्काउन जनाइएको छ ।



कागजपत्र |
