कांग्रेस संस्थापनइतर समूहको बैठक सुरु, शशाङ्क र सुजाता पनि सहभागी


काठमाडौं-  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजनमा पार्टीका प्रभावशाली समूहको बैठक सुरु भएको छ।

धुम्बाराहीस्थित एक होटलमा बसेको उक्त भेलामा समूहका शीर्ष नेता, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरू सहभागी छन्।

भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसँग नजिक मानिने नेताहरूको उल्लेख्य उपस्थिति देखिएको छ। पूर्वमहामन्त्री डा. शशाङ्क कोइराला र नेतृ सुजाता कोइराला पनि पहिलोपटक सक्रिय रूपमा सहभागी भएका छन्। यसअघि डा. शशाङ्क केही बैठकमा देखिए पनि सुजाता सहभागी हुने गरेकी थिइनन्।

यस्तै, भेलामा पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) तथा नेता उमाकान्त चौधरीलगायतको उपस्थिति छ।

 

प्रतिक्रिया