डा. शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग राजनीतिक छलफल


काठमाडौं-  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको साङ्गठनिक अवस्थाबारे विभिन्न क्षेत्रका बुद्धिजीवीसँग छलफल गर्नुभएको छ। आइतबार विशालनगरस्थित उहाँको सम्पर्क कार्यालयमा आयोजित उक्त छलफलमा समसामयिक राजनीतिक परिस्थिति र कांग्रेसले खेल्नुपर्ने भूमिकामाथि विस्तृत विचार विमर्श गरिएको थियो।

दिउँसो १ बजेदेखि ४ बजेसम्म चलेको छलफलमा राजनीतिक विश्लेषक, कूटनीतिज्ञ तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो। सहभागीहरूले देशमा देखिएका चुनौतीहरू र तिनको समाधानमा कांग्रेसले अपनाउनुपर्ने रणनीतिबारे आफ्ना धारणा राखेका थिए।

छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी र उपेन्द्रकेशरी न्यौपानेलगायत सहभागी थिए। साथै डा. बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल, अभिजित अधिकारी र करिना पुरीलगायतले पनि समसामयिक विषयमा धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोखरेलको पनि उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया