
धादिङको आदमघाटमा माइक्रोबस पल्टियो, १२ यात्रु घाइते
धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको आदमघाट नजिक माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा–प्रदेश ०१–००६ ख ७२२१ नम्बरको माइक्रोबस सडकमै अनियन्त्रित भई पल्टिएको हो।
दुर्घटनामा घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाले जानकारी दिएका छन्।
प्रारम्भिक अनुमान अनुसार वर्षाका कारण सडक चिप्लो हुँदा सवारी अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



कागजपत्र |
