
सुकुम्बासीलाई अस्थायी आवास उपलब्ध गराउने होटल व्यवसायी संघको घोषणा
काठमाडौं- होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले बागमती नदी किनारलगायत अन्य स्थानबाट हटाइएका सुकुम्बासीहरूलाई अस्थायी बसोबासको व्यवस्था गर्ने घोषणा गरेको छ। शनिबार सरकारले काठमाडौंको थापाथली, सिनामंगललगायत नदी किनारका क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका अस्थायी टहरा हटाएपछि संघले यस्तो पहल अघि सारेको हो।
संघका अध्यक्ष दामोदर नेपालका अनुसार घरबास गुमाएका सुकुम्बासीहरूलाई संघअन्तर्गतका प्रदेशभरिका होटल, रिसोर्ट तथा गेस्ट हाउसहरूमा अस्थायी रूपमा बस्ने व्यवस्था मिलाइनेछ। साथै उनीहरूलाई खानपानको पनि प्रबन्ध गरिने बताइएको छ।
संघले जारी गरेको विज्ञप्तिमा जोखिमयुक्त क्षेत्रबाट उद्धार गरिएका नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको उल्लेख गरिएको छ।
सरकारले नदी किनार तथा जोखिमपूर्ण क्षेत्रमा रहेका अवैध बस्तीहरू हटाउने अभियान चलाइरहेका बेला निजी क्षेत्रबाट पनि सहयोगको पहल देखिएको हो।



कागजपत्र |
