पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको फेसबुक पेज पनि गायब !


काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा प्राविधिक समस्या देखिएको छ। केही समयदेखि उनको पेज सामाजिक सञ्जालमा नदेखिएको र पहुँच नपाइएको बताइएको छ।

यस विषयमा भट्टराईको सचिवालयले एक सूचना जारी गर्दै पेजमा प्राविधिक समस्या आएको पुष्टि गरेको छ। सचिवालयका अनुसार पेज पुनः प्राप्त (रिकभर) गर्नका लागि आवश्यक प्राविधिक प्रयास भइरहेको छ। साथै, पेज छिट्टै पुनः सञ्चालनमा आउने विश्वास व्यक्त गरिएको छ।

सचिवालयले सर्वसाधारणलाई धैर्य गर्न र आधिकारिक जानकारीका लागि अन्य माध्यम प्रयोग गर्न आग्रह गरेको छ।

यसअघि केही दिनअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेजमा पनि यस्तै समस्या देखिएको थियो, जुन पछि समाधान गरिएको थियो।

प्रतिक्रिया