
कांग्रेस कार्यसम्पादन समिति बैठक सोमबार, दलको नेता टुंग्याउने प्रयास
काठमाडौं- नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयन प्रक्रिया पेचिलो बन्दै गएपछि पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। उक्त बैठक सोमबार बिहान ११ बजेका लागि तय गरिएको छ।
पार्टी स्रोतका अनुसार बैठकमा सभापति गगन थापाले संसदीय दलको नेताको विषयमा सहमतिको प्रस्ताव अघि सार्ने तयारी गरेका छन्। सहमतिमार्फत नै दलको नेता चयन गर्ने प्रयासस्वरूप बैठक केन्द्रित हुने बताइएको छ।
कार्यसम्पादन समितिको बैठकपछि भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक समेत बोलाइएको छ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी निर्णय औपचारिक रूपमा अनुमोदन गरिने कार्यसूची रहेको छ।



कागजपत्र |
