रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ स्थगित


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्बन्धी मुद्दा संशोधन प्रकरणको सुनुवाइ सर्वोच्च अदालतमा स्थगित भएको छ।

यस मुद्दामा बिहीबारका लागि न्यायाधीश नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलास तय गरिएको थियो। तर, सुनुवाइ स्थगित गरिएको हो।

यसअघि न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले मुद्दामा संवैधानिक जटिलताको प्रश्न देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले अध्ययनका लागि पर्याप्त समय नपाएकाले मुद्दा स्थगित गर्नुपर्ने अवस्था आएको जानकारी दिएका छन्। उनका अनुसार, कार्यालयलाई पेसीको सूचना ढिलो प्राप्त भएको र आफूसमेत जनकपुरमा कार्यक्रममा भएकाले बहस तयारी गर्न कठिन भएको हो।

 

प्रतिक्रिया