
एसपी जिसी भए कार्यसम्पादनमा देशभरिकै सर्वोत्कृष्ट
काठमाडौं – जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी कार्यसम्पादनतर्फ देशभरकै प्रहरीमध्ये सर्वोत्कृष्ट घोषित भएका छन् ।
अपराध नियन्त्रण, निर्वाचन सुरक्षा र न्याय सम्पादनमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले उनलाई उत्कृष्ट प्रहरी अधिकृतका रूपमा पुरस्कृत गरेको हो ।
२०५४ चैत १६ गते असईबाट प्रहरी सेवामा प्रवेश गरेका जिसी २०६१ जेठ १५ गते खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर पदमा नियुक्त भएका थिए । सेवाकालभर जिम्मेवारी सफलतापूर्वक बहन गर्दै आएका उनी नतिजामुखी र कर्तव्यनिष्ठ अधिकृतका रूपमा परिचित छन् ।
प्रहरी संगठनभित्र व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादनको उदाहरणका रूपमा स्थापित जिसीको पछिल्लो उपलब्धिलाई उच्च मूल्यांकन गरिएको छ ।



कागजपत्र |
