अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा


काठमाडौं – अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर नेपाल आइपुगेका छन्।

उनी आजै बिहान काठमाडौँ आइपुगेका हुन्। बालेन्द्र (बालेन) शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो।

उनको आज परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ।

त्यसबाहेकका भेटघाटबारे खुलाइएको छैन। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायतसँगको उच्चस्तरीय भेटघाटको भने अहिलेसम्म टुङ्गो नलागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट रहेका कपुरले दक्षिण तथा मध्य एसिया मामिला हेर्ने गर्छन्।

राष्ट्रपति ट्रम्पले तत्कालीन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर २०८१ फागुनमा कपुरलाई नियुक्त गरेका थिए।

 

प्रतिक्रिया