
पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसभित्र रणनीतिक छलफल सुरु हुँदै
काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । बैठकमा नेताहरू सहभागी हुने क्रम जारी रहेको छ ।
सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएपछि आगामी रणनीति र पार्टीको आन्तरिक कदमबारे छलफल गर्न उनले उक्त बैठक आह्वान गरेका हुन् । पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थितिबारे परामर्श गर्दै भावी निर्णयका विषयमा साझा धारणा बनाउने तयारी गरिएको जनाइएको छ ।



कागजपत्र |
