मिलन चक्रे समूहका ‘निरे’ पक्राउ


काठमाडौं – गुण्डागर्दी गरेको आरोपमा प्रहरीले बालुवाटारबाट एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३ बसुन्धराका ‘निरे’ भनिने निराजन पौडेललाई बालुवाटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ठेक्कापट्टामा संलग्न निरे मिलन चक्रे समूहमा रहेर गुण्डागर्दी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सुरक्षित काठमाडौं अपरेसनअन्तर्गत उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको सीआरएस रेकर्ड अनुसार निरेमाथि हातहतियार तथा खरखजाना, ज्यान मार्ने उद्योग, अभद्र व्यवहारलगायतका ६ वटा मुद्दा छन् ।

प्रतिक्रिया