
इन्स्पेक्टर लामाको शवलाई गृहमन्त्री गुरुङको काँध
काठमाडौं- मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको शुक्रबार दाहसंस्कार गरिएको छ। दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ पनि सहभागी भएका थिए र उनले लामाको शव काँधमा बोकेका थिए।
लामा काठमाडौंको तार्केश्वर नगरपालिका–८ डाँडागाउँमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थिए। २०८२ चैत २९ गते उनले चलाएको बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनापछि गम्भीर घाइते भएका लामाको उपचार बीएन्डबी अस्पतालमा क्रममा मृत्यु भएको हो।
परिवारका अनुसार उनकी पत्नी जापानमा रहेकाले नेपाल आउन ढिला भएपछि शुक्रबार नै अन्त्येष्टि गरिएको हो। दाहसंस्कारका क्रममा सरकारी तथा प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टर लामा कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रूपमा परिचित थिए।



कागजपत्र |
