
कांग्रेस आधिकारिकता विवाद मुद्दा ‘हेर्दाहेर्दै’ मा
काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा भएको सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। तर रिट निवेदक पक्षको बहस नसकिएपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो।
यसअघि पनि सो मुद्दामा निरन्तर बहस हुँदै आएको छ।



कागजपत्र |
