पूर्वराजा ज्ञानेन्द्रको भारतमै कोरोना परिक्षण गरिँदै


काठमाडौं – भारत भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना परीक्षण गराउने भएका छन् ।

भारतको हरिद्वारमा महाकुम्भ मेलामा सहभागी भएका पूर्व राजा शाहसम्मिलित कार्यक्रममा त्यहाँका साधुहरुमा कोरोना देखिएपछि उनले कोरोना परीक्षण गराउन लागेका हुन् ।

उनी हरिद्वारबाट नयाँ दिल्ली पुगेका छन् । उत्तर प्रदेशका मूख्यमन्‍त्री योगी आदित्यनाथलाई समेत कोभिड १९ संक्रमण देखिएको छ ।

चैत २९ मा कुम्भमेलामा पूर्वराजा शाह सहभागी भएपछि दोस्रो दिन उनले शाही स्‍नान गरेका थिए । शाही स्नानमा सहभागी साधुहरुमा कोरोना देखिएको छ ।

मेलामा उपस्थित उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव र नौ साधुलाई कोभिड १९ संक्रमण पूष्टी भएको छ ।

प्रतिक्रिया