
अन्तरराष्ट्रिय आरोग्य दिवसमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
काठमाडौं – अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विश्वका विभिन्न मुलुकस्थित नेपाली नियोगमा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् ।
ढाका, मस्को, कोलोम्बो, टोकियो, ओटावा तथा सोलमा रहेको नेपाली राजदूतावास तथा चीनको ग्वान्जोओस्थित महावाणिज्य दूतावासमा उक्त दिवस मनाइएको ती दूतावासले आज जारी गरेका बेग्लाबेग्लै विज्ञप्तिमा जनाइएको छ ।
ती कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले जारी गरेको आरोग्य दिवसम्बन्धी भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।
टोकियोस्थित नेपाली दूतावासमा नेपाली उत्पादन शिलाजित च्यूरीको तेल, जैविक चिया, ‘हिमालयन वाथ साल्ट’ र ‘सिङङिङ वाउल’ को प्रदर्शनी गरिएको थियो । त्यस अवसरमा साथै नेपालका पर्यटकीय क्षेत्र र पदमार्गसम्बन्धी प्रचारात्मक सामग्री जापानी अथितिहरुलाई निःप्रदान गरिएको थियो ।



कागजपत्र |
