आजको माैसमः गण्डकी र कोशीमा बदली हुँदा अन्यत्रको अवस्था कस्तो ?


काठमाडौं – हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यस प्रणालीको प्रभावले अहिले देशका पहाडी र हिमाली भूभागमा साधारणतया बदली (बादल लागेको) छ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ। बाँकी पहाडी भूभागमा आंशिक बदली रहे पनि तराईका भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

यसका साथै, दिउँसो कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशका पहाडी भूभागलगायत बाँकी हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहे पनि तराईमा मौसम सफा नै रहनेछ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया