मन्त्रीहरूको सम्पत्तिको स्रोत खुलाउन माग गर्दै माइतीघरमा प्रदर्शन


काठमाडौं –  मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। अखिल (क्रान्तिकारी) मा आबद्ध विद्यार्थीहरूले प्रदर्शन गर्दै सरकारमाथि दबाब सिर्जना गरेका हुन्।

प्रदर्शनकारीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै सम्पत्तिको स्रोतबारे स्पष्ट विवरण सार्वजनिक गर्न र निष्पक्ष छानबिन गर्न माग गरेका थिए।

यस विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने उनीहरूले जोड दिएका छन्।

प्रतिक्रिया