
अमेरिकासँगको वार्ताका लागि इरानी अधिकारी पाकिस्तानमा
एजेन्सी – इरान र अमेरिकाबीच सम्भावित शान्ति वार्ताका लागि इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगेको छ ।
बीबीसी उर्दूका अनुसार पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिनिधिमण्डलको आगमन पुष्टि गरेको हो । स्थानीय सञ्चारमाध्यमले प्रतिनिधिमण्डललाई नूर खान अन्तर्राष्ट्रिय विमानस्थल मा औपचारिक स्वागत गरिएको जनाएको छ।
प्रतिनिधिमण्डललाई स्वागत गर्न पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार स्वयं उपस्थित थिए। साथै राष्ट्रिय सभाका सभामुख सरदार अयाज सादिक, सेना प्रमुख सैयद असिम मुनीर र आन्तरिक मन्त्री सैयद मोहसिन रजा नक्वी पनि स्वागत कार्यक्रममा सहभागी भएका थिए।
इरानी राज्य सञ्चारमाध्यमका अनुसार प्रतिनिधिमण्डलको नेतृत्व इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले गरिरहेका छन्।
टोलीमा विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषद् सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासेर हेम्मती लगायत उच्च अधिकारीहरू सहभागी छन्।



कागजपत्र |
