श्रममन्त्री दीपककुमार साहकाे पद गयाे


काठमाडौं-  प्रधानमन्त्री बालेन्द्र शाहले  श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् । पार्टी सभापति रवि लामिछानेले साहलाई पदमुक्त गर्नका लागि प्रधानमन्त्रीलाई पत्र पठाएका थिए ।

पार्टीको अनुशासन समितिले कारबाहीका लागि सिफारिस गरेपछि पार्टी विधानको ‘राइट टु रिकल’ व्यवस्था अनुसार मन्त्री साहलाई फिर्ता बोलाउन प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा पत्र पठाइएको हो।

पत्रमा  मन्त्री साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त गरिएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराइएको उल्लेख छ।

रास्वपाको अनुशासन समितिले मन्त्री साहमाथि छानबिन गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो।

प्रतिक्रिया