
नम्बर नखुलेको गाडीको ठक्करबाट दोलखाका युवकको मृत्यु
काठमाडौं – काठमाडौं महानगरपालिका–३२ जडिबुटीमा नम्बर नखुलेको सवारीले ठक्कर दिँदा एकजना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखाको भिमेश्वर नगरपालिका–१ घर भएका १९ वर्षीय बिराज थामी छन् ।
गएराति साढे ११ बजेतिर जडीबुटीबाट पेप्सिकोला तर्फको सडकमा घाइते अवस्थामा भेटेपछि प्रहरीले उनलाई भक्तपुरको इन्टरेनशनल अस्पतालमा पठाएको थियो ।
उपचारको क्रममा राति नै उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
उनको टाउकोमा चोट लागेको छ । ठक्कर दिने सवारीको पहिचान नखुलेको र सवारीको नम्बर पहिचान गर्ने प्रयास भइरहेको एसपी सुवेदीले बताए ।



कागजपत्र |
