
पेट्रोलियम कर हटाउन सांसद खुश्बु ओलीको माग
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर जनतालाई राहत दिन सरकारसँग माग गरेकी छिन्।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले पेट्रोलियम पदार्थमा लगाइएका करका कारण जनतामाथि आर्थिक भार बढेको भन्दै कर हटाउनुपर्ने आवश्यकता औंल्याइन्।
त्यसैगरी, उनले बजेट विनियोजनका लागि अनलाइन पोर्टल निर्माण गर्न पनि सरकारसँग आग्रह गरिन्। बजेटसम्बन्धी प्रक्रियालाई पारदर्शी बनाउन सो पोर्टल सार्वजनिक रूपमा उपलब्ध गराउनुपर्ने उनको माग छ।
ओलीका अनुसार यस्तो प्रणाली लागू भएमा स्वार्थका आधारमा बजेट विनियोजन गर्ने प्रवृत्ति नियन्त्रण गर्न सकिनेछ। साथै, सांसद तथा नेताहरूले आफ्नो क्षेत्रमा बजेट ल्याएको भन्दै दम्भ गर्ने अवस्था पनि अन्त्य हुने उनको दाबी छ।



कागजपत्र |
