युद्धका कारण ३८ नेपालीको शव ल्याउन समस्या


काठमाडौं – परराष्ट्र मन्त्रालयले इरान–अमेरिका–इजरायलबीच जारी युद्धका कारण उडान अवरुद्ध हुँदा विभिन्न कारणले मृत्यु भएका करिब ३८ जना नेपालीको शव स्वदेश ल्याउन समस्या भएको जनाएको छ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले उडान सेवा प्रभावित भएकाले शव ल्याउने प्रक्रिया प्रभावित भएको बताए। उनले हालसम्म कुवेत एयरलाइन्समार्फत ९ वटा शव नेपाल ल्याइसकिएको जानकारी दिँदै बाँकी शवहरू पनि ल्याउन पहल भइरहेको उल्लेख गरे।

प्रवक्ता क्षेत्रीका अनुसार युद्ध सुरु भएयता करिब ८६ हजारभन्दा बढी नेपालीले उद्धारका लागि आफ्नो विवरण दर्ता गराएका छन्। तर पछिल्लो समय आफू असुरक्षित रहेको भन्दै सम्पर्क गर्ने नेपालीहरूको संख्या क्रमशः घट्दै गएको उनले बताए।

 

प्रतिक्रिया