
सभामुखमा एमालेले पनि उम्मेदवारी दिने, उपसभामुखमा कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको दाबी
काठमाडौं – सभामुखमा नेकपा एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।
तर, नेपाली कांग्रेसले सभामुखमा रास्वपा उपसभापति डिपी अर्याललाई समर्थन गर्ने भएको छ। कांग्रेसले सभामुख पदमा पार्टीबाट उम्मेदवारी नदिने भएको हो।
महामन्त्री प्रदीप पौडेलका अनुसार सभामुखको तटस्थता कायम हुने विश्वाससहित सभामुख पदमा पार्टीले उम्मेदवार दिँदैन। प्रवक्ता देवराज चालिसेका अनुसार सभामुख पदमा कांग्रेसबाट उम्मेदवार रहँदैन।
तर उपसभामुख पदमा भने कांग्रेसले दाबी गरेको छ। सामान्यतया सभामुख र उपसभामुख एउटै दलको हुन नहुने मान्यता रहेको हुनाले कांग्रेसले दाबी गरेको मानिएको छ । तर, संविधानतः सभामुख र उपसभामुख एउटै दलको हुनका लागि बन्देज भने गरेको छैन ।
त्यस्तै सभामुखका लागि नेपाली कम्युनिष्ट पार्टीले पनि दाबी गरेको छैन भने उपसभामुखमा भने दाबी रहने जनाइएको छ ।
प्रतिनिधि सभामा रास्वपाका १८२ जना सांसद छन् भने कांग्रेसका जम्मा ३८ जना छन्। सभामुखमा विजयी हुन रास्वपालाई अरू दलको साथ पनि चाहिँदैन।
त्यस्तै एमालेको २५ सिट छ भने नेपाली कम्युनिष्ट पार्टीको १७ सिट रहेको छ ।



कागजपत्र |
