डुम्रे-बेँसीसहर सडकको कुकुदी-तुरतुरे खण्ड दैनिक ८ घन्टा बन्द


दमौली – तनहुँको डुम्रे-बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि राति ९ः०० बजेसम्म सडक बन्द हुनेछ ।

कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया