
ओली र लेखकलाई थप दुई दिन हिरासतमै राख्न अनुमति
काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीले दुवै जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।
ओली र लेखकलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो । यसअघि पहिलोपटक अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।



कागजपत्र |
