सुर्खेतमा बिचौलिया समूहविरुद्ध प्रहरी एक्सन, १६ जना नियन्त्रणमा


सुर्खेत- सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउँदै आएका बिचौलिया समूहविरुद्ध सुर्खेत प्रहरीले कारबाही गरेको छ । प्रहरीले यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयबाट १६ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनीहरूले सवारी नवीकरण, जग्गा नामसारी लगायतका काम छिटो गराइदिने भन्दै सेवाग्राहीसँग रकम असुल्दै आएका थिए । यस्ता गतिविधिका कारण कार्यालयको नियमित काम प्रभावित भएको सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो ।

वीरेन्द्रनगरस्थित यातायात कार्यालयबाट १० जना र मालपोत कार्यालयबाट ६ जना गरी कुल १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा महिला तथा पुरुष दुवै रहेका छन् ।

प्रहरीले यस घटनालाई सार्वजनिक सेवा प्रणालीभित्र देखिएको अनियमितताको उदाहरणका रूपमा लिँदै थप अनुसन्धान अघि बढाएको जनाएको छ । साथै, यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी कडा बनाइने पनि बताइएको छ ।

प्रतिक्रिया