दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार


काठमाडौं-  सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई रिहा गर्न अस्वीकार गरेको छ ।

मंगलबार दायर भएका छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले तत्काल रिहा गर्न नमिल्ने आदेश दिएको हो ।

खड्काको पक्षबाट उनकी पत्नी विनिता थापा र शर्माको तर्फबाट उनका श्रीमान् चिन्तामणि शर्माले रिट दायर गरेका थिए । उनीहरूले गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै रिहाइको माग गरेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको हो । त्यस्तै, रेखा शर्मा घरेलु हिंसासम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेकी हुन् ।

अदालतको आदेशसँगै दुवै जना तत्कालका लागि हिरासतमै रहने भएका छन् ।

प्रतिक्रिया