खोँचमा खसेका युवकको उद्धार


काठमाडौं – नेपाली सेनासहितको टोलीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, घ्याङ्कयो जंगलस्थित खोचमा खसेर घाइते भएका एक व्यक्तिको उद्धार गरेको छ ।

घाइते व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–४ निवासी २४ वर्षीय पुरुष रहेको नेपाली सेनाले जनाएको छ ।

श्रीनाथ गण, सुरक्षा गुल्म हेलम्बुबाट चैत १७ गतेदेखि खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकायहरूसँगको सहकार्यमा आज (चैत १८) बिहान घाइतेको उद्धार गरेको थियो ।

प्रतिक्रिया