
एमाले सचिवालय बैठक बस्दै
काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो ।
गौरीबहादुर कार्की नेतृत्वको जेनजी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेपछि शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए।
उनीहरूको रिहाइका लागि एमालेले शनिबारदेखि नै देशभर विरोध प्रदर्शन गर्दै आएको छ।
आइतबार ओली र लेखकलाई काठमाडौं जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना छन् ।



कागजपत्र |
