रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश


काठमाडाैं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

जेन–जी जाँचबुझ आयोगको प्रतिवेदनले फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेपछि लेखक गत शनिबार पक्राउ परेका थिए ।  लेखककी पत्नी यशोदाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

जिल्ला अदालत काठमाडौंले भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई आइतबार ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा आदेश आउन बाँकी छ ।

प्रतिक्रिया