
शुक्रबार मध्याह्न १२:३४ मा बालेनले प्रधानमन्त्रीको शपथ लिने
काठमाडौं – बालेन शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ। शुक्रबार मध्याह्न १२:३४ बजे शपथ ग्रहणको साइत निकालिएको बताइएको छ।
शपथ समारोहलाई विशेष धार्मिक विधिसहित भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ। कार्यक्रममा सातवटा शंखबाट शंखनाद गरिनेछ भने १०८ जना बटुकद्वारा स्वस्तिवाचन गरिनेछ। साथै १६ जना भिक्षुद्वारा अष्टमंगल पाठ गरिने कार्यक्रम रहेको छ।
शपथपछि बालेन शाहले दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
यसअघि फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो। सोही दिन केही मन्त्रीहरूको पनि शपथ गराउने तयारी भइरहेको जनाइएको छ।



कागजपत्र |
