
नेपाली कांग्रेसको केन्द्रीय बैठक जारी
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ र बुधबार पनि निरन्तर चलिरहेको छ।
बैठकमा कांग्रेस सभापति गगनकुमार थापाले आगामी वर्ष भदौ २४–२६ गते १५औँ महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन्। केन्द्रीय सदस्यहरूले यस विषयमा आफ्नो धारणा राखिरहेका छन्।
साथै बैठकमा प्रतिनिधिसभामा संसदीय दलको नेता चयनको विषयमा पनि छलफल हुने जानकारी प्राप्त भएको छ।



कागजपत्र |
