

नयाँ वर्ष प्रारम्भसँगै दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने विश्वास छ : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्नि प्रसाद सापकोटाले नयाँ वर्ष प्रारम्भसँगै राजनीतिक दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने विश्वास व्यक्त गरेका छन् ।
नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने उल्लेख गर्दै उनले अग्रगामी निकासका लागि दृढ संकल्प आवश्यक रहेकोमा जोड दिएका छन् ।
उनले भनेका छन्, ‘मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व कायम होस् भन्ने जनचाहनासहितको समृद्धिको यात्रा अगाडि बढाउन राजनीतिक दलहरुबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुनेछ भन्ने अपेक्षा गरेको छु ।’
दलहरुभित्र विधिलाई लोकतान्त्रिक र पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भैरहने आशा उनले गरेका छन् ।
उनले संसदलाई जनमुखी बनाउन सबै खाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘अग्रगामी निकासका लागि हाम्रा बीचमा दृढ संकल्प आवश्यक छ ।

