गोठभित्र पसेर चितुवाले मार्‍यो ४५ भेडा


हुम्ला- हुम्लाको चंखेली गाउँपालिका–५ मा गोठभित्र प्रवेश गरेको चितुवाले ४५ वटा भेडा मारिदिएको छ।

घटना गाउँपालिकाको पोरीगाउँ क्षेत्र मा आइतबार राति भएको हो। चितुवाले रतन तामाङको गोठमा राखिएका सबै भेडा मारिदिएको स्थानीय स्रोतले जानकारी दिएका छन्।

स्थानीय जसबहादुर तामाङका अनुसार, वन क्षेत्रबाट चराएर ल्याइ गोठमा राखिएका भेडामाथि चितुवाले अचानक आक्रमण गरेको हो।

प्रहरी र स्थानीयले भविष्यमा यस्ता घटनाबाट सुरक्षा गर्न सतर्कता अपनाउनुपर्ने बताएका छन्।

प्रतिक्रिया