मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेकी छन्। बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्ने तय भएको छ।

बैठकमा विभिन्न मन्त्रालयबाट पेश भएका नियमित प्रस्तावहरूबारे छलफल हुने छ। साथै समसामयिक राजनीतिक र प्रशासनिक विषयमा विचार–विमर्श हुने र केही महत्वपूर्ण निर्णय पनि हुन सक्ने स्रोतले जनाएका छन्।

सूचना अनुसार प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आज बस्ने बैठक सम्भवत् अन्तिम बैठक हुनेछ। बैठकको क्रममा प्रधानमन्त्रीले सबै मन्त्रीहरूलाई धन्यवाद दिने कार्यक्रम पनि रहेको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया