रास्वपाले टुंगो लगायो समानुपातिकका ५७ सांसदको नाम


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदहरुको नाम आज निर्वाचन आयोगमा उपलब्ध गराउने भएको छ । आज बसेको रास्वपा सचिवालय बैठकले समानुपातिक सांसदहरुको सुची बुझाउने निर्णय गरेको हो ।

पार्टी प्रवक्त मनिष झाका अनुसार रास्वपाले ५७ जनाको सूची आयोगमा बुझाउन लागेको हो । जसमा जसमा खसआर्य १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेशी ९ जना, थारु ४ जना रहेका छन् । जसमा ४८ जना महिला र पुरुष ९ जना रहेका छन् ।

सांसदहरुको सूची रुजु गरेपछि निर्वाचन आयोगले नै सार्वजनिक गर्ने प्रवक्ता झाले जानकारी दिए ।

आज पार्टीको केन्द्रीय कार्यालय बनस्थलीका रास्वपा सचिवालय बैठक बसेको थियो । अस्वस्थ रहेका कारण पार्टी सभापति रवि लामिछाने भर्चुअल माध्यमबाट जोडिएका थिए ।

प्रतिक्रिया