
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बोलाइएको हो।
बैठकमा समानुपातिक उम्मेदवारलाई सिट संख्याको आधारमा क्लष्टर मिलाएर प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल हुने उनको भनाई छ। कांग्रेस १८ सिट प्रत्यक्षमा र २० सिट समानुपातिकमा विजयी भएको छ।
निर्वाचन आयोगले आइतबारभित्र सांसदको सूची बुझाउन दलहरुलाई निर्देशन दिएको छ।



कागजपत्र |
