अमेरिकी आक्रमणमा इरानी नयाँ नेता खामेनी पनि घाइते, भाँच्चियो खुट्टा


एजेन्सी – अमेरिका र इजरायलले गरेको आक्रमणमा परी ‍इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते भएका छन् ।

नयाँ सर्वोच्च नेता मोज्तबा अमेरिका-इजरायलले गरेको पहिलो दिनको हवाई हमलामै घाइते भएका हुन् ।

खामेनीको खुट्टा भाँचिएको छ भने अनुहारमा पनि सामान्य चोट लागेको सिएनएनले जनाएको छ।

डिसेम्बर २८ मा तेहरानमा भएको आक्रमणमा त्यतिबेला सर्वोच्च नेता रहेका आयातोल्लाह अली खामेनीसहित शीर्ष अधिकारीहरू मारिएका थिए।

हमलामा खामेनी परिवारका पाँच सदस्य पनि मारिएका थिए।

 

प्रतिक्रिया