
काठमाडौं उपत्यकामा खटिएका निर्वाचन प्रहरीकाे बिहीबार बिदाइ हुने
काठमाडौं- फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकामा परिचालित निर्वाचन प्रहरीको बिहीबार बिदाइ समारोह हुने भएको छ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीका अनुसार निर्वाचनको सुरक्षाका लागि काठमाडौंमा ३,८५४, भक्तपुरमा १,०९३ र ललितपुरमा १,५९६ निर्वाचन प्रहरी परिचालित थिए।
महानिरीक्षक कार्कीले भने, “निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण वातावरण कायम राख्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायबीच समन्वय गरी सुरक्षा व्यवस्था मिलाइएको थियो।”
मतदानदेखि मतगणना पूरा हुने चरणसम्म सुरक्षा व्यवस्थामा गरिएको व्यवस्थित योजना र समन्वयले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
उनले थपे, “निर्वाचनमा खटिएका सबै प्रहरी कर्मचारीहरूले जिम्मेवारीपूर्वक आफ्नो कार्यसम्पादन गरेका छन् र यसले निर्वाचन सफल बनाउन ठूलो योगदान पुर्याएको छ।”



कागजपत्र |
