ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी


ललितपुर- ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश खरेल विजयी भएका छन् । उनी ३९ हजार ४९१ मत प्राप्त गर्दै निर्वाचित बनेका निर्वाचन आयोगले जनाएको छ ।

खरेलका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमेकृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गरे । यस्तै, ​उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकार ५ हजार ५४७ मत प्राप्त गर्दै तेस्रो बनेका छन् भने नेकपा (एमाले)का प्रेमबहादुर महर्जनले ४ हजार ५३६ प्राप्त गरेका छन् ।

कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर क्षेत्र नम्बर २ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ जनाले मतदान गरेका थिए ।

यस क्षेत्रमा राजनीतिक दलबाट र स्वतन्त्र समेत गरी २३ जना उम्मेदवार रहेका थिए ।

प्रतिक्रिया