
‘निर्वाचन हुँदैन’ भन्दै अफवाह फैलाएको आरोपमा ज्योतिष अधिकारी पक्राउ
काठमाडौं- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले अफवाह फैलाएको आरोपमा प्रहरीले ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मामा राखेर अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार अधिकारीले सामाजिक सञ्जाल युट्युबमार्फत ‘निर्वाचन हुँदैन’ भन्ने भ्रामक सूचना फैलाउँदै निर्वाचन प्रक्रिया अवरुद्ध गर्न खोजेको आरोप छ । सोही आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरी आइतबार साँझ काठमाडौँ प्रहरीलाई बुझाएको हो ।
अधिकारीमाथि निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न भएको आशंकामा थप अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।



कागजपत्र |
