रास्वपाले पनि सार्वजनिक गर्‍यो वाचापत्र


सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते हुने चुनावका लागि कर्णाली प्रदेश लक्षित वाचापत्र सार्वजनिक गरेको छ। पार्टीले कर्णालीको विकास, सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको हो।

वाचापत्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह, उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

सुर्खेतस्थित घण्टाघर चोकमा आयोजित चुनावी सभामा वाचापत्र सार्वजनिक गर्दै पार्टी नेतृत्वले कर्णाली प्रदेशका जनतासँग प्रत्यक्ष प्रतिबद्धता जनाएको थियो।

यसअघि नेपाली कांग्रेसले बुधबार जनकपुरधामबाट आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरिसकेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बिहीबार काठमाडौंबाट चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो।

 

Skip to PDF content

 

प्रतिक्रिया