सार्वजनिक बिदामा पनि खुला छ राहदानी विभाग


काठमाडौं – आज सार्वजनिक बिदामा पनि राहदानी विभागले आफ्नो सेवा जारी राखेको छ ।

विभागले सार्वजनिक सूचनामार्फत आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको दिनमा समेत सेवा जारी राखेको हो ।

आज र भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया