प्रधानमन्त्री ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक


काठमाडौं – नेकपा एमालेको केन्द्रिय कमिटी बैठक वैशाख ६ गते बस्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले समसायिक विषयमा पार्टीको धारणा तय गर्न बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । माधव नेपाल पक्षको सहभागिताबिनाको बैठकले तीन नेताहरूसहितको २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेकोमा यसबीचमा नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई निलम्बन गरिएको छ ।

बैठकले महाधिवेशन तयारीका साथै प्रदेश तथा जिल्ला र स्थानीय तहका कमिटीहरुलाई अधिवेशन आयोजक कमिटी बनाएर मंसिरअघि नै अधिवेशनहरू सम्पन्न गर्नका लागि कार्ययोजना बनाउने बताइएको छ । बैठकले एमालेको स्थायी कमिटी गठन गर्ने सम्भावना छ । यसअघिको बैठकले स्थायी कमिटीको नाम तय गरी केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललाई दिएको थियो ।

प्रतिक्रिया